आज देशभरका फिल्म हल बन्द हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज देशभरका फिल्म हल बन्द हुने


२२ माघ २०८०, सोमबार


काठमाडौँ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करको खारेजीको माग गर्दै सांगेतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।

संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको भन्दै संघले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग गरेको छ ।

संघले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

त्यस्तै, चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने जनाएको छ । क्युएफएक्सले पनि मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस