अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक पारित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक पारित


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको छ ।

विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मुल्यांकन गर्ने व्यवस्था गरेको छ ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो ।

त्यो विधेयकमाथि झण्डै १ वर्षपछि गत आइतबारदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस