नेप्सेमा उच्च अंकको गिरावट  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेप्सेमा उच्च अंकको गिरावट 


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२६ कम्पनीको सेयर मूल्य घटेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि भएको छ । साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ५४ करोड एक लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ ।  यो समूहको परिसूचक २.३५ प्रतिशतले घटेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस