एक महिनामा नेपाल भित्रिए ७९ हजार पर्यटक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक महिनामा नेपाल भित्रिए ७९ हजार पर्यटक


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । बोर्डका अनुसार जनवरीमा भारतीय पर्यटक आगमन पहिलो स्थानमा छ । भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका छन् ।

चीनबाट ७ हजार २ सय ६७ आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ । चौथो नम्बरमा थाइल्यान्ड छ । त्यहाँबाट ४ हजार ६ सय १९ आएका छन् ।

त्यस्तै दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बंगलादेश ३ हजार ६ सय २९ र अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् । यो महिनामा कुल ८१ हजार ८ सय ९७ जना नेपालबाट बिदेसिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस