२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा हिमपात

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा आज हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतीक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।

हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसान यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर हिमपातले किसानलाई आशा जगाएको छ । 

विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भए पनि यो वर्ष ढिला गरेर हिमपात भएको हो । यो वर्ष माघको १५ कटेपछि बल्ल वर्षकै पहिलो हिमपात भएको छायाँनाथ रारा नगरपालिका–५ का किसान धनवीर कामीले बताए । 

‘पहिले यतिबेलासम्म धेरै हिउँ परिसकेको हुन्थ्यो । मंसिरदेखि नै हिउँ पर्थ्यो, यसपटक माघ लागेपछि बल्ल हिउँ पर्दैछ,’ उनले भने, ‘तैपनि हिउँ परेपछि खेती किसानी गर्ने मान्छेलाई राहत मिलेको छ ।’

हिमपात भएपछि गहुँ उमार्नलाई सजिलो हुने उनले बताए ।