मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र : प्रधानमन्त्री ‘प्रचण्ड’


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको बताए । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषि मुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे । 

प्रधानमन्त्री दाहालले भने, ‘सङ्घीय संरचनाअन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेस प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।’ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरे । 

विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिबद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।’  

Tags :
प्रतिक्रिया दिनुहोस