पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६० जना मात्रै दौडिन पाउने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६० जना मात्रै दौडिन पाउने


१७ माघ २०८०, बुधबार


काठमाडौँ । १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागी हुन चाहनेले बेलैमा आफूलाई धावकको रूपमा दर्ता गराउनुपर्ने भएको छ। किनभने आयोजकले म्याराथनमा सहभागी हुने धावकका लागि निश्चित सङ्ख्या (कोटा) निर्धारण गरिदिएको छ।

तोकिएको भन्दा बढी सङ्ख्यामा सहभागी भएमा उनीहरूले चाहेको दूरीको दौडमा सहभागी हुन पाउने छैनन्, मात्र ‘रन फर फन’मा मात्र दौडनुपर्नेछ।

आगामी फागुन ५ गते हुने प्रतियोगिताका लागि म्याराथन सहित सबै दूरीको दौडमा कोटा निर्धारण गरिएको हो। त्यसका लागि माघ २८ गतेसम्म धावकले नाम दर्ता गराउनुपर्ने आयोजकले बताएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गरेको हो। नेपाली सिटी म्याराथनको अभ्यासमा यसरी कोटा निर्धारण गरिएको यो नै पहिलो पटक भएको मञ्चले जनाएको छ ।

मञ्चका अनुसार खुल्ला म्याराथन (४२.१९५ किमी) मा १ सय ६० जनाको सङ्ख्या निर्धारण गरिएको छ। त्यस्तै महिला हाफ म्याराथनमा ५० जना, १० किमी पुरुष दौडमा ४ सय ५० जनाको कोटा तोकिएको छ। १० किमी महिलातर्फ १ सय ५० जना, ५ किमी छात्रतर्फ १२ सय, ५ किमी छात्रातर्फ ७ सय, ५ किमी भेट्रान पुरुषतर्फ ५० र ५ किमी भेट्रान महिलातर्फ २५ जनाको कोटा निर्धारण गरिएको पराजुलीले जानकारी दिए। अपाङ्गता भएका व्यक्तिको दौडमा भने कोटा निर्धारण गरिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस