पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय


१७ माघ २०८०, बुधबार


काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बसुरा बिबीलाई अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले १४ वर्षको सजाय तोकेको छ । उनीहरूमाथि राज्यको सम्पत्ति गैरकानुनी ढंगले बिक्री गरेको अभियोग थियो ।

एक दिनअघि मात्रै खानलाई राज्यको गोप्य सूचना चुहावट गराएको अभियोगमा १० वर्षको जेल सजाय निर्धारण गरिएको थियो । बुधबारको फैसलाले खान दम्पत्तिलाई आगामी १० वर्षसम्म कुनैपनि सार्वजनिक पदमा बस्न अयोग्य रहेको समेत फैसला सुनाएको छ ।

खान दम्पत्तिलाई अदालतले प्रति व्यक्ति ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस