उच्चस्तरीय समितिद्वारा ६१ किलो सुनबारे राजश्व विभागका प्रमुखसँग छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उच्चस्तरीय समितिद्वारा ६१ किलो सुनबारे राजश्व विभागका प्रमुखसँग छलफल


१७ माघ २०८०, बुधबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरूसँग छलफल गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले विभागका अधिकारीहरूसँग छलफल गरेको हो ।

सिंहदरवारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरूसँग सुन प्रकरणबारे सोधपुछ गरेको समितिका एक अधिकारीले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन २ साउनमा विभागले बरामद भएको थियो ।

१९ दिनसम्म विभागले अनुसन्धान गरेपछि यसमा संगठित अपराधको तत्त्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाइएको थियो ।

समितिले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालसँग पनि सोधपुछ गरेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार : सुन तस्करीबारे सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ

Tags :
प्रतिक्रिया दिनुहोस