२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसिफको शतकका बावजुद एपिएफ कर्णालीसँग पराजित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा एपिएफ पुग्न असफल भएको छ। बुधबार भएको निर्णायक खेलमा कर्णालीसँग २१ रनले पराजित भएसँगै एपिएफ फाइनल पुग्न असफल भएको हो।

एपिएफ पराजित भएसँगै त्रिभुवन आर्मी क्लबको फाइनल सम्भावना बलियो भएको छ।

अंक तालिकामा अन्तिम दुई खेलअघि १४ अंक जोडेको नेपाल पुलिस फाइनल पुगिसकेको छ। अन्तिम खेलअघि १२ अंक जोडेर दोस्रो स्थानमा रहेको आर्मीको फाइनल सम्भावना बलियो छ।

अन्तिम खेलमा आर्मी भारी अन्तरले पराजित भए मात्र १२ अंक जोडेको बागमतीको फाइनल सम्भावना हुनेछ। चौथो स्थानको मधेसले १२ अंक जोड्दा एपिएफ १० अंक जोडेर पाँचौँ स्थानमा छ।

बुधबार कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली ४४।१ ओभरमा २०६ रनमा अलआउट भयो। उसका लागि हिमांशु शाहीले ६२ रन र अर्जुन घर्तीले ५३ रन जोडे। बलिङमा एपिएफका मौसम ढकालले ३ र अमरसिंह रटेउलाले २ विकेट लिन सफल भए।

२०७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १८५ रनमा अलआउट भयो। एपिएफका लागि आसिफले शेख शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ११२ रनमा १०८ रन जोडे। प्रधानमन्त्री कपको यो नवौँ शतक हो। उनीबाहेक अरू ब्याटर नचल्दा एपिएफ पराजित भयो।

एपिएफविरुद्ध कर्णालीका प्रकाश जैसीले ४ विकेट लिए भने दीपेन्द्र रावत र उनिस सिंहले २/२ विकेट लिन सफल भए।

प्रतिक्रिया दिनुहोस