कर्णालीविरुद्ध आसिफले बनाए शतक « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर्णालीविरुद्ध आसिफले बनाए शतक


१७ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाल एपीएफ क्लबका ओपनर आसिफ शेखले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । आसिफले ११२ बलमा आफ्नो पिएमकपको दोस्रो शतक पूरा गरेका हुन् ।

आसिफले दिनेश अधिकारीलाई ४० औँ ओभरको तेस्रो बलमा थर्डम्यानमा कट मार्फत चौका हान्दै शतक पूरा गरेका थिए । आसिफ ११४ बलमा १० चौका र २ छक्कासहित १०७ रनमा क्रिजमा छन् ।

यसअघि आसिफ शेखले २०२२ को कर्णालीविरुद्ध नै १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस