न्यायाधीश भुवन गिरीविरुद्धको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्यायाधीश भुवन गिरीविरुद्धको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश


१७ माघ २०८०, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ ।

बुधवार कामु प्रधान न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस