प्रधानमन्त्री कप : पुलिसले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप : पुलिसले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य


१७ माघ २०८०, बुधबार


काठमाडौँ । करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पुलिस क्लब ३७.३ ओभरमा २४५ रनमा अल आउट भयो । पिचको कारण खेल ढिलो सुरु हुँदा खेल ३८/३८ ओभरमा झारिएको थियो ।

पुलिसका कप्तान आरिफ शेखले ७६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाए । आज दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिँदा आरिफले टोलीको कप्तानी गरेका छन् ।

करण केसीले २७ बलमा ५ चौका र ५ छक्कासहित ५७ रनको विष्फोटक इनिङ खेले ।

कुशल भुर्तेल ४२ बलमा ७ चौका र १ छक्कासहित ४८, दिलीप नाथ २, अर्जुन साउद २४, शंकर राना शून्य, राशिद खान १२ र रोशन बुढाल १० रनमा आउट भए ।

लुम्बिनीका नर सार्कीले ८ ओभरमा ७७ रन खर्चेर ४ विकेट लिए । वीर मगरले ७.३ ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अभिषेक गौतमले १/१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस