ब्राउनसुगरसहित चार जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ब्राउनसुगरसहित चार जना पक्राउ


१७ माघ २०८०, बुधबार


काठमाडौँ । झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका-१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीसँग कारोबारमा संलग्न विराटनगर-१६ की ३० वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ ।

मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट ३३ वर्षीय चित्रकुमार रपाललाई २५ ग्राम ब्राउनसुगर, ५ वटा मोबाइल फोन र डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ । यस्तै, झापाको मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ वर्षीय स्मार्ट थेवे एक ग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस