२६ करोड ठगेको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२६ करोड ठगेको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर


१७ माघ २०८०, बुधबार


काठमाडौँ । ठगी गरेको आरोपमा ९ जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । एक सय ११ जना बचतकर्ताले सहकारीले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका थिए ।

सहकारीका अध्यक्ष ५१ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष ७२ वर्षीय सेरलाल श्रेष्ठसहितलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस