प्रधानमन्त्री कप : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै


१७ माघ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत आज नेपाल पुलिस र लुम्बिनी प्रदेश तथा एपीएफ र कर्णाली प्रदेशबीच खेल हुँदैछ । पुलिस र लुम्बिनी बीचको खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ भने एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित मैदानमा हुनेछ । दुवै खेल बिहान सवा ९ बजेबाट हुनेछन् । 

जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट २० अंकसहित पाँचौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । 

त्यस्तै, अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । पुलिसले ७ खेलमा १४ अंक बटुलेको छ । लुम्बिनीले ८ खेलमा १ जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस