गठबन्धनको हातमा सरकार आएपछि मुलुकका सबै अंग फेल भए : प्रदीप ज्ञवाली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गठबन्धनको हातमा सरकार आएपछि मुलुकका सबै अंग फेल भए : प्रदीप ज्ञवाली


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धनको हातमा सरकार गएपछि साढे २ वर्षयता देशका हरेक सूचकहरू ओरालो लाग्दै गएको बताएका छन् ।

एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ज्ञवालीले वर्तमान सरकारले सत्ता टिकाउनकै लागि परराष्ट्र नीतिलाई ध्यान नदिई शक्तिकेन्द्र देशसँग अनावश्यक हिमचिम बढाएको आरोप लगाए ।

‘एक जना बिरामी निमोनियामा भयो भनेर अस्पतालमा गएछ, औषधि खाँदै जाँदा मृगौला, मुटु हुँदै शरीरका सबै अंगमा काम गर्न छोडेछ अनि बिरामीको मृत्यु भएछ, ‘उनले भने, ‘बिरामीको मृत्यु भएजस्तै हाम्रो देशका सबै अंगहरू फेल हुने क्रममा अगाडि बढेका छन् । हाम्रो देशको राष्ट्रियतामा असर सरकारबाटै भएको छ ।’ उनले राष्ट्रिय हितमा काला बादल मडारिन थालेको समेत बताए ।

उपमहासचिव ज्ञवालीले मुलुकलाई निकास दिने पार्टी एमाले मात्रै भएको दाबी गरे । ‘एमाले आन्दोलनको मूल धार हो,’उनले भने, साझा चौतारीमा आश्रय लिन र भविष्य संरक्षित गर्न विभित्र धारहरू काँग्रेस, माओवादी, राप्रपा, मसालबाट आएका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस