नियुक्तिपत्र बुझेकै दिन नियुक्ति रद्द  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नियुक्तिपत्र बुझेकै दिन नियुक्ति रद्द 


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह/उपसमूह, तह ५, सुपरभाइजर पदहरूको नियुक्तिपत्र रद्द भएको जनाएको छ । लोक सेवा आयोगमार्फत सञ्चालन गरेको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरूको नियुक्तिपत्र नै रद्द भएको हो ।

परीक्षार्थीले माघ १४ मा लिएको नियुक्तिपत्र रद्द गरिएको हो । प्राधिकरणले विज्ञापन गरेको गत मङ्सिर २७, २८, २९ र पुस २१ मा प्रकाशित नतिजा तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतबाट आदेश भएकोले रद्द गरिएको प्राधिकरणले सूचना मार्फत जानकारी गराएको छ । अदालतको अन्तरिम आदेश अनुसार पुस १४ गते नियुक्ति दिइएका विज्ञापन नम्बर २०७९/८० प्रा.५/४०३ (काठमाडौँ), विज्ञापन नम्बर २०७९/८० प्रा. ५/५०३ (पोखरा) र विज्ञापन नम्बर २०७९/८० प्रा.५/६०३ (बुटवल)को अदालतबाट अर्को आदेश प्राप्त नभए सम्मको लागि रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

जितेन्द्र सिंहसहितका उम्मेदवारले नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय काठमाडौँविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर गरेका थिए । माघ ८ मा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस