पशुपतिको जग्गाका अवैध संरचना हटाउन मन्त्रीको निर्देशन, बालेनले पनि साथ दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पशुपतिको जग्गाका अवैध संरचना हटाउन मन्त्रीको निर्देशन, बालेनले पनि साथ दिने


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा उनले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल एक्सनमा जान र आउँदो बैठकमा प्रगति पेश गर्न कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

कोषको काठमाडौँ महानगरपालिका-८ गाँचा पोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर संरचना बनाइएको छ । त्यस्तै वडा नम्बर ३ भगवान्‌ स्थानमा साविक कित्ता नम्बर ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएकोले उक्त जग्गाको खोजी गरिएको सचिवालयले जनाएको छ ।

सिफलस्थित लामा पोखरी रहेको कित्ता नम्बर १३५, १८०, ८३ का संरचना पनि कानूनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । बोर्डका सदस्यसमेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको भन्दै कार्यान्वयन गराउने बचन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस