विदेशी कलाकारको विज्ञापनलाई नेपालमा रोक लगाउने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विदेशी कलाकारको विज्ञापनलाई नेपालमा रोक लगाउने तयारी 


१५ माघ २०८०, सोमबार


काठमाडौँ । विदेशी कलाकारको विज्ञापनलाई नेपालमा पनि रोक लगाउने तयारी गरिएको छ । 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विदेशी कलाकारको विज्ञापनलाई नेपालको सामाजिक सञ्जालमा रोक्ने गरी सामाजिक सञ्जाल सम्बन्धी ऐन बनाइरहेको बताएका हुन् ।

सोमबार काठमाडौँमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले यसको लागि मस्यौदा तयार भइसकेको बताए । उनले विज्ञापन बोर्डले अब विदेशी कलाकारहरूको विज्ञापन सामाजिक सञ्जालमा रोक्ने प्रस्ताव गरेको बताए ।

उनले क्लिन फिड पोलिसी बनाएसँगै विदेशी टेलिभिजनहरूमा विदेशी विज्ञापनलाई रोक लागेको बताए । नेपाली कलाकारहरूलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि डबिङ विज्ञापनलाई पनि रोकेको बताए ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनाएर ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरिएकाले अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरूको विज्ञापन डब गरेर प्रसारण गर्न नपाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस