गुटको पछि लाग्दा थाङ्नामा सुताइदिन्छन् : गगन थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुटको पछि लाग्दा थाङ्नामा सुताइदिन्छन् : गगन थापा


१५ माघ २०८०, सोमबार


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार चयनमा आफूले फरक मत राखेर ठीक गरेको बताएका छन् ।

सप्तरीमा समुदायमा काँग्रेस अभियानको क्रममा त्यहाँका नेता कार्यकर्ताले मधेशका मान्छेहरूलाई अवसर नदिने, कोटामा सीमित गरिदिने भन्दै प्रश्न उठाएपछि उनले आफूले फरक मत राखेको सुनाए ।

उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा पनि केही विषयहरू उठाएर मैले फरक मत लेखेको कुरा ठीक लेखेछु भन्ने लागेको छ । तपाईँहरूले जे कुरा उठाउनुभएको छ, मेरो फरक मतको मूल विषय पनि त्यही थियो । अब यहाँबाट गइसकेपछि मैले सभापति र अरु नेता साथीहरूलाई काठमाडौँमा तपाईंहरुलाई लागेको जस्तो होइन रहेछ है, म मधेश घुमेर आउँदा जबरजस्त माग र गुनासो रहेछ। पार्टीले काम गर्ने विषयलाई मैले जोडदार ढङ्गले राख्नुपर्छ । राख्नेमात्रै होइन गराउने पनि हो ।’

उनले पार्टीको निर्णयबाट सिंगो देशको प्रतिनिधित्व गर्छौँ भनेर काँग्रेसले देखाउनुपर्ने बताए । महामन्त्री थापाले भने, ‘काठमाडौँमा ठूला नेताहरूको गुटमा लागेर केही काम छैन । सबैले आफ्नो घर वरिपरि घुमाएर तपाईँलाई थाङ्नामा सुताइदिने हो । त्यसैले आफ्नो घर आफैँले बलियो बनाउनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस