हामी सत्ताधारी हुँदा दुर्गा प्रसाईँ जननेता भएर निस्किए : झलनाथ खनाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हामी सत्ताधारी हुँदा दुर्गा प्रसाईँ जननेता भएर निस्किए : झलनाथ खनाल


१५ माघ २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू सत्ताधारी पार्टी हुँदा दुर्गा प्रसाईँ जननेता भएर निस्किएको टिप्पणी गरेका छन् । केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै जनतामा आक्रोश बढ्न थालेको बताएका हुन् ।

उनले भने, ‘जनताको विरोध मात्रै होइन अहिले आक्रोश बढ्न थालेको छ। ती दुर्गा प्रसाईँ भन्नेले नेतृत्व गर्दा १०-१२ हजार मान्छे निस्किए। लाजमर्दो उनै पो जननेता भइदिए । त्यो ठाउँमा कम्युनिस्ट पार्टी हुनुपर्ने हो कि होइन ? मिटरब्याजीहरु ११ दिन हिँडेर आएर राजधानीमा हडताल गरे। खोइ कम्युनिस्ट पार्टी त्यहाँ ? हामी त्यो वर्गको पार्टी हौँ तर हामी सत्ताधारी पार्टी भयौँ सत्ताधारी पार्टी त्यसरी जान नमिल्ने ।’

Tags :
प्रतिक्रिया दिनुहोस