नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिने वामदेव गौतमको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिने वामदेव गौतमको दाबी


१५ माघ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन्।

सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको उनको दाबी छ । यसबाट हरेकले महिनामा तत्कालै ५०/६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।

सोमबार संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले कृषि क्षेत्रको योजनाबद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि उल्लेख गरे।

सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसङ्ख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस