काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि बन्न पार्टी अध्यक्षदेखि नै चुनिएर आउनुपर्ने निर्णय गरेको छ।
सोमबार सकिएको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्यहरू पनि चुनिएर आउनुपर्ने निर्णय गरेको हो । त्यस्तै केन्द्रीय कमिटीमा ४० वर्षमुनिका २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
आइतबारबाट सुरु भएको परिषद् बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठक सोमबार सकिँदैछ।
परिषद् बैठकमा करिब एक हजार प्रतिनिधि छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरुष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।







