मदिरा, चुरोट लगायतका विज्ञापनमा कलाकारहरूले अभिनय गर्नु हुँदैन : भुवन केसी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मदिरा, चुरोट लगायतका विज्ञापनमा कलाकारहरूले अभिनय गर्नु हुँदैन : भुवन केसी


१५ माघ २०८०, सोमबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरूले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरूले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरूले अभिनय गर्न नहुने पनि बताए ।

कलाकारहरूले सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए । विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ । उनले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस