परराष्ट्रमन्त्री साउदले भने-भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री साउदले भने-भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ


१५ माघ २०८०, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।

सोमबार भारतको ७५ औँ गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रूपमा समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् ।

‘सीमानाको समस्या समाधान गर्दा राजनैतिक रूपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रूपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कूटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको छ’, उनले भने ।

भारतका परराष्ट्रमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले सीमा समस्या वार्ता र छलफलको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएको पनि परराष्ट्रमन्त्री साउदले बताए ।

मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले जलविद्युत उत्पादन गरी भारत र बंगलादेशसँग विद्युत् व्यापार बढाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस