२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीलाई हराउँदै पुलिस क्लब फाइनलमा

अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसको जितमा दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा नट आउट रहे । आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे । गण्डकीका सन्दीप पराजुलीले ६.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रनमा अल आउट भएको थियो । गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए ।

पुलिसको जितमा तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । बागमती ९ खेलमा ६ मा जित र ३ मा हारसहित दोस्रो स्थानमा छ । मधेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंककासाथ चौथो स्थानमा छ । १० टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ । दोस्रो स्थानको लागि आर्मीको सबैभन्दा बलियो सम्भावना छ ।