यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ


१५ माघ २०८०, सोमबार


काठमाडौँ । बङ्गलादेशमा हुने यू-१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकगविक्रम नेम्बाङसहितले एन्फा कम्प्लेक्स भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् ।

उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । नेपालले २ फेब्रुअरीमा घरेलु टोली बंगलादेशसँगको खेलबाट प्रतियोगिता सुरु गर्ने छ ।

४ फेब्रुअरीमा भुटानसँग खेल्ने नेपालले ६ फेब्रुअरीमा भारतसित खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस