अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने


१५ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले ११ औँ एनसिएएसए अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही माघ २२ देखि २९ गतेसम्म पुल्चोक ग्राउन्डमा हुनेछ ।

प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने कार्यक्रम संयोजक उत्सव देवकोटाले जानकारी दिए । क्यान, आइसिएआइ, एसिसिएका सदस्य साथै विद्यार्थीले उक्त प्रतियोगितामा भाग लिन पाउने छन् ।

प्रतियोगितामा पाँच हजार बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ । २५ हजार प्रवेश शुल्क राखिएको प्रतियोगितामा विजेतालाई एकलाख रुपैयाँ र उपविजेतालाई ५० हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वाधिक रन स्कोरर, सर्वाधिक विकेट टेकर र प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि प्रदान गरिने छ । टिम प्रवेशका लागि माघ १५ गते भित्र रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस