२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद दिवस मनाउन नातिनातिना सँगै लिएर आउनु’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्तर्गत काठमाडौँ महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड (मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्यार्पण र स्मरण गरेको छ ।

सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बेलैमा बुझाउन सके मात्रै सहिदको सम्मान हुने बताइन् । सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई वि.सं. १९९७ माघ १५ गते सोभा भगवती उकालोमा प्राणद्दण्ड दिइएको स्थानमै सोमबार महानगरले स्मृतिसभा आयोजना गरेर उनीहरुको योगदान र साहसको स्मरण गरी सम्मान गरेको हो । सो सभामा महानगर उप-प्रमुख डंगोलले सहिदद्वय श्रेष्ठ र चन्दको सालिकमा माल्र्यापण गर्दै उनीहरुले जनताको स्वतन्त्रता र अधिकार प्राप्तीको लागि गरेको संघर्ष र योगदानको सम्झना गरिन् ।

उनले सबै सहिदको सम्मान हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘राष्ट्रको पहिलो सहिददेखि लिएर हामीले जनआन्दोलन ०६२-६३ मा आफ्नो ज्यान आहुती दिनेलाई पनि सम्झिनुपर्छ । देशमा आएको परिवर्तनको मुख्य उद्देश्य भनेको राष्ट्र निर्माण, जनताले पाउनुपर्ने अधिकार जुन हो पाउनुपर्छ र त्यसमा हामी सबै जनप्रतिनिधि,आम नागरिकले आ-आफ्नो जिम्मेवारी निष्पक्ष भएर असल नागरिक भएर पूरा गर्नुपर्छ ।’

यस्तै उनले सहिद स्मृति सभामा जेष्ठ नागरिकको बाक्लो उपस्थिति भएको प्रति खुसी प्रकट गर्दै यस्ता स्मृति सभामा साना बालबालिकालाई पनि सामेल गराएर सहिद, राष्ट्र र इतिहासको बारेमा उनीहरुलाई जानकारी दिनुपर्नेमा जोड दिइन् । ‘अर्को पटक यस्तो कार्यक्रममा आउँदा आफ्ना नातीनातिनालाई पनि सँगै लिएर आउनुहोला । सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ पुस्तालाई बुझाएर इतिहासको सम्मान गर्न सक्यौँ भने मात्र वर्तमानमा हामीले चाहेको जस्तो काम गर्न सक्छौँ । यसले असल नागरिक बन्न सदैव प्रेरणा दिन्छ’ डंगोलले भनिन् ।

प्रतिक्रिया दिनुहोस