बुटवल उपमहानगरद्वारा आफ्नै लोगो सार्वजनिक  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बुटवल उपमहानगरद्वारा आफ्नै लोगो सार्वजनिक 


१४ माघ २०८०, आइतबार


काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ। कार्यपालिका बैठकले आइतबार लोगो सार्वजनिक गरेको उपमहानगरपालिकाले जनाएको छ । 

लोगो बनाउन उपमहानगरले कलाकारहरूलाई सार्वजनिक आह्वान गरी प्रतिस्पर्धा गराएको थियो। सार्वजनिक भएको लोगो बुटवल उपमहानगर-११ का कलाकार सुशिल न्यौपाने (सौरभ)ले बनाएका हुन्। 

लोगो निर्माण गर्दा उपमहानगरको नाम, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्काउने र नेपालको झण्डा राख्न अनिवार्य गरिएको थियो। 

सौरभले बनाएको लोगोमा युद्ध भइरहेको जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीका चित्र समेटिएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस