चाल्स तृतीय अस्पताल भर्ना  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चाल्स तृतीय अस्पताल भर्ना 


१३ माघ २०८०, शनिबार


काठमाडौँ । बेलायतका राजा चाल्स तृतीय लन्डनको एक निजी अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका बिरामी हुन् । 

प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त निजी क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

बकिङ्घम प्यालेसले राजा चाल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि पनि बिरामी भएका चाल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस