२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी सङ्गठन विभागीय कार्य समितिद्वारा ‘न्याय’ पुस्तक सार्वजनिक 

अ+ अ-

काठमाडौँ । न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लोकार्पण गरे । उनले कानुन र न्यायको क्षेत्रमा काम गर्ने सबैका लागि पुस्तक महत्त्वपूर्ण भएको भन्दै यसले पुस्तक अध्ययन गर्ने बानीको विकासमा पनि मद्दत पुग्ने बताए । 

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ काइरालाले न्याय र कानुनका क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका लेख भएकाले यो पुस्तक महत्त्वपूर्ण भएको बताए । उनले अहिलेसम्म सरकारले निजामती ऐन ल्याउन नसक्दा धेरै कर्मचारी प्रभावित भएको बताए । 

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना वैदिक तथा ऐतिहासिक काम भएको र न्याय प्रणालीका सबै अवयव समेटिनु महत्त्वपूर्ण भएको बताए । उनले कानुन अध्ययन गर्नेका लागि यो पुस्तक अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले न्याय पुस्तक प्रकाशन गर्ने काम धेरै मेहनतले लेखिएको, अनुभव भएको र सबै न्याय क्षेत्रका व्यक्तिका लागि काम लाग्ने बताए । उनका अनुसार पुस्तक जिल्ला न्यायाधीश, सहसचिव, उपसचिव शाखा अधिकृत र अधिवक्ताको परीक्षाको पाठ्यक्रममा आधारित छ । 

सर्वोच्च अदालतका आठ, उच्च अदालतका १७, जिल्ला अदालतका ३२, न्यायाधीश राजपत्राङ्कित विशिष्ट श्रेणीका चार, सहसचिव, उपसचिव, वरिष्ठ अधिवक्ता तथा अधिवक्तासहितका विज्ञका एक सय तीन लेख एकीकृत गरिएको उक्त सङ्ग्रह १५९६ पेजको रहेको छ । 

सहन्यायाधिवक्ता गोविन्द खनालका अनुसार न्याय पुस्तकले ८७ लेखेका १०३ लेख रहेका छन् । लेख ४० औँ वर्ष न्याय क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिले लेखेका उनले जानकारी दिए। न्याय सेवाप्रति आशा भरोसा राख्ने, न्याय सेवाप्रति चासो राख्ने, न्याय सेवालाई नै जीवनपद्धति बनाउँदै यसमा भविष्य खोज्ने न्यायिक जनशक्ति निर्माणका लागि पुस्तक उपयोगी हुने आयोजकको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस