राष्ट्रिय सभामा निर्वाचित भएपछि कृष्ण सिटौला शेखर निवासमा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभामा निर्वाचित भएपछि कृष्ण सिटौला शेखर निवासमा 


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् ।

प्रतिनिधि सभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रिय सभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए । गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले(राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् ।

सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रूपमा पनि हेरिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

तर, कोशीमै महिलातर्फ एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस