आहा-रारा पोखरा गोल्ड कप : आज पुलिस र एपीएफ भिड्दै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आहा-रारा पोखरा गोल्ड कप : आज पुलिस र एपीएफ भिड्दै


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । २३ औँ संस्करणको आहा-रारा पोखरा गोल्ड कपमा आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पधत्र्रा हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित प्रतियोगितामा पुलिस क्लब र एपीएफ क्लबीच दिउँसो साढे २ बजे पोखरा रंगशालामा प्रतिस्पर्धा हुने भएको हो ।

नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिम गरी १२ टिमको सहभागिता छ ।

आजको खेलबाट विजेता बन्ने पुलिस वा एपीएफमध्येको एक टोलीले माघ १६ मा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

गत मंगलबारदेखि पोखरा रंगशालामा चलिरहेको यस संस्करणको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस