बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । फ्रान्सका किसानहरूले देशका प्रमुख सडकहरू बन्द गरेका छन् । उनीहरूले उत्पादनको उचित मूल्य नपाएको भन्दै आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा किसानहरूले आफ्ना उत्पादनका क्रेटहरू नै सडकमा फालेका छन् ।

सबैभन्दा खराब अवस्था राजधानी पेरिसको रहेको जनाइएको छ । किसानले बालीको कम मूल्य, हरित नियमन र स्वतन्त्र व्यापार सम्झौतालाई तत्काल कार्यान्वयन गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा भारतको राजकीय भ्रमणमा आएका बेला फ्रान्समा किसान आन्दोलन चरम सीमामा पुगेको हो ।

फ्रान्सेली किसानहरूले देशको दक्षिणपश्चिममा दुई हप्ता अघि सुरु भएको विरोध प्रदर्शन अझै जारी रहेको बताएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । नयाँ प्रधानमन्त्री गेब्रियल अटलका लागि किसानको आन्दोलन पहिलो ठूलो चुनौतीको रूपमा हेरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस