बेगनास तालमा मोटरबोट सञ्चालनमा उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेगनास तालमा मोटरबोट सञ्चालनमा उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी


११ माघ २०८०, बिहिबार


काठमाडौँ। बेगनास तालमा बिना अनुमति मोटरबोट सञ्चालनमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता मनोज घर्ती मगरले परमादेशसहित अन्तरिम आदेश माग गर्दै बुधबार रिट दायर गरेका थिए ।

अधिवक्ता मगरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी, ताल संरक्षण प्राधिकरण, पोखरा महानगर, पोखरा महानगर वडा नं ३१ र बेगनास डुङ्गा व्यवसायी समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षलाई माघ १८ गतेका लागि पेशी तोकेको छ ।

बेगनास तालमा २ वर्षदेखि बिनाअनुमति मोटरबोट चलिरहेको छ । विश्व सिमसार क्षेत्र रामसार सूचीकृत बेगनासमा मोटरबोट चलाउँदा वातावरणीयसहित पर्यावरणीय असर पारेकोले त्यसलाई रोक्न रिट दायर गरेको गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस