२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम ल्होछार कप फुटबल हुने  

अ+ अ-

काठमाडौँ । तामाङहरुको महान् पर्व सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २० गतेदेखि २७ गतेसम्म मकवानपुरको गढन सहिद स्मृति खेल मैदानमा आयोजना हुनेछ । 

नाङसाल युवा क्लबको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको प्रायोजनमा हुन लागेको पहिलो ल्होछार कप खुला फुटबल प्रतियोगिता  तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बताए । 

आयोजक नाङ्साल युवा क्लवलेसुचना जारी गर्दै समूह दर्ताको लागि आह्वान गरेको छ । समूह दर्ता शुल्क पाँच हजार लाग्ने छ भने दर्ता मिति माघ १६ गतेसम्म रहने जानकारी गराएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कार सँगै पहिलो ल्होछार कप पाउने आयोजकले जानकारी गराएको छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।

आयोजकले माघ १८ गते खेल तालिका सार्वजनिक गर्ने जनाएको छ । विगत भन्दा फरक तरिकाले ल्होसार पर्वलाई मनाउने हेतु प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए ।