सुनको मूल्य घट्यो, चाँदीको बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


११ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस