कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन


११ माघ २०८०, बिहिबार


काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए ।  

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस