लिभरपुल एफए कपको फाइनलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिभरपुल एफए कपको फाइनलमा


११ माघ २०८०, बिहिबार


काठमाडौँ । लिभरपुल एफए कप (कारबाओ कप) को फाइनलमा पुगेको छ । बुधबार राति फुलह्यामविरुद्धको सेमिफाइनलको दोस्रो लेगमा एक-एक गोलको बराबरी खेले पनि समग्रमा ३-२ को नतिजाका साथ फाइनलमा लिभरपुलले स्थान पक्का गरेको हो । 

पहिलो लेगमा लिभरपुल २-१ गोल अन्तरले विजयी भएको थियो । लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए । एक गोलले पछि परेको फुलह्यामले ७६औं मिनेटमा बराबरी गोल फर्कायो । फुलह्यामका लागि इस्सा डिओपले बराबरी गोल गरेका हुन् ।

फाइनलमा प्रवेश गरेको लिभरपुलले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । चेल्सी अघिल्लो दिन मिडिल्सबर्गलाई समग्रमा ६-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । एफए कपको उपाधि भिडन्त फेब्रुअरी २५ मा वेम्बले स्टेडियम लण्डनमा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस