यू-१९ विश्वकप : नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

यू-१९ विश्वकप : नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित


१० माघ २०८०, बुधबार


काठमाडौँ । आईसीसी यू-१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ ।

बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा ४७.४ ओभरमा भेटायो । 

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । अब शुक्रबार नेपालले अर्को खेल अफ्गानीस्थानसँग खेल्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस