आगामी शैक्षिक सत्रदेखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाइ हुने स्वास्थ्य मन्त्रीको दाबी  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आगामी शैक्षिक सत्रदेखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाइ हुने स्वास्थ्य मन्त्रीको दाबी 


१० माघ २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले यस्तो बताएका हुन् । चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने उनको भनाई छ । 

स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरूमा एमविविएसको पढाई गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको उनले बताए ।

उनले अब अस्पतालहरुले बिरामीको उपचार मात्र गर्ने नभई चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्ने उल्लेख गरे । मन्त्री बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवा विस्तारका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा।युवानिधि बसौलाले ३०० शय्याको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको बताए । पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा विशेष ध्यान दिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस