काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने


१० माघ २०८०, बुधबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने जनाएको छ । केही दिनदेखि काठमाडौँमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौँको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाको भनाई छ । महाशाखाका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।

काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने छ । अहिले काठमाडौँको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस