चेल्सी लिग कप फुटबलको फाइनलमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चेल्सी लिग कप फुटबलको फाइनलमा


१० माघ २०८०, बुधबार


काठमाडौँ । चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति मिडिल्सबर्गमाथि चेल्सीले ६-१ गोल अन्तरको पराजित गरेको थियो । पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६-२ गोलको जित निकाल्न सफल भयो ।

घरेलु मैदानमा चेल्सीले उपहार गोल मार्फत अग्रता लिएको थियो । १५ औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो । २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २-० ले अघि बढाए ।

 ३६ औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए । ४२ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४-० को सहज अवस्था बनाएको थियो । ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५-० को अग्रता कायम भयो । 

८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौं गोल गरे । ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन । चेल्सीले उपाधिका लागि लिभरपुल र फुलह्यामबीचको विजेतासँग खेल्ने छ । पहिलो लेगमा लिभरपुल २-१ गोल अन्तरले विजयी भएको थियो । आज राति दोस्रो लेगको खेल हुने छ ।   

Tags :
प्रतिक्रिया दिनुहोस