अफगानिस्तानमाथि न्युजिल्यान्डको रोमाञ्चक जित, नेपाललाई फाइदा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अफगानिस्तानमाथि न्युजिल्यान्डको रोमाञ्चक जित, नेपाललाई फाइदा


९ माघ २०८०, मंगलबार


काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

लगातार दोस्रो जितले न्युजिल्यान्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ । न्युजिल्यान्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ ।

न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेटरनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो ।

अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो ।

नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २८।२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डको जित कप्तान ओस्कर ज्याक्सनल सर्वाधिक २६ रनको योगदान दिए । अफगानिस्तानका घजानफरले ३, खलिल अहमद र अर्ब गुलले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २१.३ ओभरमा ९१ रनमा अल आउट भएको थियो । अफगानिस्तानका जाश्मिद जद्रानले सर्वाधिक २२ रन बनाए । न्युजिल्यान्डका म्याट रवेले सर्वाधिक ५ विकेट लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस