१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा कोशीको यो लगातार सातौँ हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १५२ रनको सामान्य लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कर्णालीलाई जिताउन विकेटकिपर ब्याटर अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले । ५० रनमा नट आउट रहेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे । कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको कोशीले ३४.३ ओभरमा १५१ रनमा अल आउट भएको थियो ।

कोशीका लागि सुजन थपलियाले ७३ रनको शानदार पारी खेले पनि अर्को छेउबाट उनलाई अरु खेलाडीले गतिलो साथ दिन सकेनन् । नवौँ नम्बरमा ब्याटिङमा आएका सुजन घिमिरेले १२ रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस