२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा माटो परीक्षण गर्न ३३३ नमुना संकलन, रिपोट अनुसार कार्यक्रम सञ्चालन गर्ने आदर्शको तयारी

अ+ अ-

डोटी । डोटीको आदर्श गाउँपालिकामा सञ्चालन भएको दुई दिने माटो परीक्षण शिविरवाट तीन सय ३३ नमुना संकलन गरिएको छ । 

गाउँपालिका अन्तरगत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजता होस भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।  माटो परीक्षणको नतिजा अनुसार आगामी दिनमा पालिकाले सोही अनुसारका कृर्षि क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्ने समेत अध्यक्ष खड्काले बताए । 

कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले माटो परीक्षण पछि खेतबारी सुधार्न किसानहरू स्वयं जुट्न आवश्यक रहेको बताए ।  उनले भने, ‘डोटीका सबै स्थानीय तहहरूले कृषि क्रान्ति गर्न आवश्यक छ ।’ 

सोही अनुरूप आदर्श गाउँपालिकाले विभिन्न गतिविधिहरू सञ्चालन गरिएकोले यसलाई निरन्तरता दिन आवश्यकता अनुसारका नीति, कार्यक्रमहरू तय गरी अगाडी बढ्नुपर्ने बताए ।  

माटो परीक्षण घुम्ती शिविरमा प्राय सबै वडाका किसानहरूले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकाया धामीले जानकारी दिइन् । दिन प्रतिदिन बसाइसराइको समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषि सम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताइन् । 

गाउँपालिकाका विभिन्न वडाहरूमा माघ ७ र ८ गते  माटो शिविर सञ्चालन भएको थियो । माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दल बहादुर खड्काका अनुसार  माटो परीक्षणको नतिजा दुई/तिन दिनभित्रमा आउने छ ।  

आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका नाप्रास खेमराज पाठकले बताए । माटोको उपचार र संरक्षणबारे सुदूरपश्चिममा धेरै किसानहरू अझै पनि अनभिज्ञ रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस