काठमाडौँ नगर प्रहरीविरुद्ध व्यवसायीहरूको नाराबाजी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ नगर प्रहरीविरुद्ध व्यवसायीहरूको नाराबाजी


८ माघ २०८०, सोमबार


काठमाडौँ । नगर प्रहरीविरुद्ध व्यवसायीहरूले नाराबाजी गरेका छन् । काठमाडौँको सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको पार्किङ खुला गर्न पुगेको नगर प्रहरीविरुद्ध व्यवसायीहरूले नाराबाजी गरेका हुन् ।

महानगरपालिकाले मलको पहिलो तला खाली गर्न भन्दै सोमबार दिउँसो माइकिङ गरेको थियो, जसको विरोधमा व्यवसायीहरूले नगर प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् ।

कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा पार्किङका लागि स्थान बनाउनुपर्ने भन्दै महानगरले ताकेता गरेको थियो । मलका तर्फबाट कानुन व्यवसायीहरूले २६ पुसमा उच्च अदालत पाटन इजालसबाट अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए ।

उक्त आदेश कायमै रहेको बेला महानगरपालिकाका नगर प्रहरी काठमाडौँ मलको भुइँ तला खाली गर्न पुगेपछि व्यवसायी आक्रोशित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस