एकै खेलमा मयन यादव र नरेन भट्टले बनाए शतक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एकै खेलमा मयन यादव र नरेन भट्टले बनाए शतक


८ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार एकै खेलमा दुई शतक प्रहार भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेस र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार गरेका हुन्।

टस जिते पहिले ब्याटिङ गरेको मधेसका मयन यादवले ११५ रन बनाए। राष्ट्रिय प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा उनले १२८ बलमा ८ चौका २ छक्का प्रहार गरे।

मयनको शतकसँगै मधेशसले ९ विकेटको क्षतिमा ३१९ रन जोड्यो। ३२० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका नरेन भट्टले शतक प्रहार गरेका छन्। उनले १०८ बलमा शतक प्रहार गर्ने क्रममा १२ चौका प्रहार गरे।

जारी प्रधानमन्त्री कपमा यससँगै सात शतक प्रहार भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस